काठमाडौं । सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।
शर्मा नेपाली सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिरहेका थिए । प्रधानसेनापति पूर्णचन्द्र थापाले भदौ २५ गतेबाट अनिवार्य अवकाश पाउँदैछन् ।
अवकाशको एक महिना अघि विदा बस्ने सेनाको परम्परा अनुरुप थापाले साउन २४ गतेबाट विदा बस्ने तयारी गरेका छन् । थापा विदा बसेबाट लागू हुने गरी शर्मालाई कामु सेनापतिको जिम्मेवारी दिन सिफारिस गरिएको हो ।
प्रतिकृया