दमक। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने घोषणा गरेका जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई धन्यवाद दिनुभएको छ ।
प्रतिनिधिसभामा विश्वासको मत प्रति आफ्नो पार्टीको धारणा राख्दै नेता ठाकुरले पूर्वप्रधानमन्त्री ओलीले नागरिकता विधेयक ल्याएर मधेसी समुदाय तथा राज्यबाट पछाडी पारिएका समुदायको आवाजको कदर गरेकाले उहाँलाई धन्यवाद दिन चाहान्छु भन्दै धन्यवाद दिनुभयो ।
त्यस्तै उहाँले मुद्दा लगाइएका तथा जेलमा परेकाको मुद्दा खारेजी गरेर ओलीले आफ्ना नेता कार्यकर्ताहरु छुटाएको उल्लेख गर्नुभयो । नेता ठाकुरले प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पनि पछाडी परेका वर्ग जाती समुदायको मागको सम्बोधन गरोस भन्ने आसय पनि राख्नु भएको थियो ।
प्रतिकृया