दमक। झापाको भुटानी शरणार्थी शिविर बेलडाँगीका एक सय ४४ घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ । कोरोना संक्रमणका कारण घर बाहिर गएर काम गर्न नपाएका कारण खान समस्यामा परेका विपन्न परिवारका लागि सो सामाग्री हस्तान्तरण गरिएको शिविर व्यवस्थापन समितिका सल्लाहकार टिकाराम कालिकोटेले जानकारी दिनुभयो ।
शसस्त्र प्रहरी बल भुटानी शरणार्थी शिविर बेलडाँगीका प्रमुख टिकाराम खतिवडाको प्रमुख आतिथ्यमा भएको राहत वितरणमा प्रति परिवार २५ केजी चामल, एक केजी दाल, एक केजी नुन, आधा लिटर तेल तथा नुहाउने र लुगाधुने दुई/दुई ओटा साबुन वितरण गरिएको क्याम्पका सचिव तथा राहत वितरण कार्यक्रमका अध्यक्ष कृष्ण बहादुर सुब्बाले जानकारी दिनुभयो ।
सो राहत सामाग्री अमेरिकाबाट अर्जुन सुबेदीले नक्षेत्र फाउण्डेशन र आइबोरी होम हेल्थ सर्भिसेजका तर्फबाट पठाएको रकमबाट खरिद गरी वितरण गरिएको पनि सुब्बाले जानकारी दिनुभयो ।
सोहि क्रममा शिविरका ३४ जना अशहाय विद्यार्थीलाई स्कुल व्याग र छाता पनि वितरण गरिएको शिविर व्यवस्थापन समितिका सल्लाहकार टिकाराम कालिकोटेले शुभदिनलाई जानकारी दिनुभयो । राहत वितरणमा शिविरका अन्य अगुवाहरुको पनि उपस्थिति रहेको थियो ।
प्रतिकृया