दमक। कोरोना संक्रमणको जोखिम कायमै रहेको बेला झापाको दमक १ स्थित सरकारी अस्पताल दमक अस्पतालले विरामीको स्वास्थ्यसँग खेलवाड गर्दै गरेको पाइएको छ । सरकारले कोरोना संक्रमणको जोखिमका कारण स्वास्थ्य मापदण्ड पालना गर्न आदेश नै जारी गरेको महिनौ भयो ।
जिल्ला प्रशासन कार्यालयले आम नागरिकहरु विना काममा हिड्डुल गर्न पाइन्दैन भनेर आदेश जारी गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्न भनेको छ । कोरोना संक्रमण बढ्न नदिन भन्दै पार्टी तथा सिनेमाहल बन्द गरेको छ । तर सिनेमाहलको भन्दा बढी चाप भएको दमक अस्पतालको भिडलाई भने प्रशासनले देखेको छैन् ।
नत जनप्रतिनीधिले नै यस विषयमा चासो नै देखाएका छन् । १५ शैयाको यस अस्पतालमा माई पश्चिमका स्थानिय तहका विरामी पहिलो स्वास्थ्य केन्द्र तोकिएकाले आउने गर्दछन् । जसको कारण विहान साँडे ६ बजेदेखि नै अस्पताल हातामा भिड हुन्छ । सोहि भिडका कारण विरामीले ३ दिन सम्म धाउनु परेको गुनासो समेत गर्दै आएका छन् ।
उता भिडका कारण कोरोना संक्रमणको जोखिम झन बढेको छ । सो अस्पतालमा भिड भएपछि दुई तीन दिन सम्म धाउनुभन्दा अर्कै अस्पतालमा देखाउन रेफर माग्दा पनि विरामीले रेफर पाउने गरेका छैनन् । दमकमा स्वास्थ्य विमा कार्यक्रम लागू भएका दमक अस्पताल भन्दा बढी बेड भएका सुविधा सम्पन्न अस्पताल छन् ।
तर ती अस्पतालमा विरामीले रेफर माग्दा नदिने गरेको भन्दै विरामीले गुनासो गरेपछि केहि दिन अघिमात्र नेपाली कांग्रेस र राप्रपाका नेताहरुले दमक अस्पतालको यस किसिमको कार्य सुधार्न माग गरेका छन् । राप्रपाले त नगर प्रमुख रोमनाथ ओलीलाई ७ बुँदे मागसहित ज्ञापन पत्र नै बुझाइ सकेको छ ।
त्यस्तै कांग्रेस नेता पर्शुराम रिजालले दमक अस्पतालको सिन्डिकेट कायमै रहे कडा प्रतिवाद गर्ने चेतावनी नै दिइसकेका छन् । तर संबन्धित निकायले यसतर्फ चासो नदिदा विरामीहरु दैनिक पिडा भोग्दै घण्टौ सम्म कोरोना संक्रमणको डर बोक्दै भोको पेट लाईमा बस्न बाध्य छन् ।
प्रतिकृया