दमक। पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा एमाले कार्यकर्ताले प्रधानन्यायाधीस चोलेन्द्र शम्शेर जबराको पुत्ला जलाएका छन् ।
अनेरास्ववियु र राष्ट्रिय युवा संघ जिल्ला कमिटी झापाको संयुक्त आयोजनामा भएको विरोध कार्यक्रममा उनीहरुले प्रधानन्यायाधीस जबराको पुत्ला जलाएका हुन् । दमकको डाँफेमुनाल चोकमा बाक्लो संख्यामा प्रहरीको उपस्थिति भएपनि उनीहरुले प्रधानन्यायाधीस जबराको पुत्ला सहजै जलाएका थिए ।
सर्वोच्चको फैसलाबाट प्रधानमन्त्रीमा शेरबहादुर देउवा नियुक्त भएपछि नेकपा एमालेका कार्यकर्ताले सर्वोच्च अदालतविरुद्ध प्रदर्शन गरिरहेका छन् ।
सो क्रममा उनीहरुले नेकपा एमाले जिन्दाबाद, विदेशी दलाल होशियार, राजनीतिक हस्तक्षेप बन्द गर, संविधान मिच्न पाइदैन, राष्ट्रघाती गठबन्धन चाँहिदैन, माकुने तेरो पाराले दुःख पाए साराले लगायतका नारा लगाएका थिए ।
पुत्ला दहनपछि शुभदिनसँग कुरा गर्दै युवासंघ झापाका अध्यक्ष शम्भु भण्डारीले पुत्ला दहन कार्यक्रम पूर्ण रुपमा सफल भएको प्रतिक्रिया दिनुभयो ।
प्रतिकृया