दमक/ सामाजिक कार्यमा सक्रिय पहिलो पाइला दमकले आज एक कार्यक्रमको आयोजना गर्दै २०८ औ भानु जयन्ती मनाएको छ । उसले दमकको भानुचोकमा रहेको शालिकमा माल्यार्पण तथा दिप प्रज्वलन गरी भानु जयन्ति मनाएको हो ।
सस्थाका अध्यक्ष दिपक खड्का को अध्यक्षतामा भएको कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेम अधिकारी र संस्थाका सह–सचिव राजु निरौलाले भानु भक्तको कविता बाचन गर्दै उहाँले नेपाली भाषा तथा साहित्यमा पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो ।
त्यस्तै कोषाध्यक्ष दिवस खतिवडाले पनि भानुभक्तले पुर्याएको योगदानको चर्चा गर्नु भएको थियो । भानुभक्तको जन्मजयन्ती भारतको सिक्किम,दार्जिलिङ, भुटान, बर्मालगायत नेपाली भाषाभाषी धेरै रहेका देशमा पनि मनाइन्छ ।
उनले नेपालीमा अनुवाद गरेको रामायण अहिले पनि नेपालीको घर–घरमा लय हालेर पाठ गरिन्छ । भानुभक्तको अर्को प्रसिद्ध कृति ‘वधुशिक्षा’ हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’ लगायत कृति छन् ।
विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको निधन विसं १९२५ असोजमा भएको थियो । सचिव मेघनाथ फुयलले संचालन गर्नु भएको कार्यक्रममा संस्थाका अन्य पदाधिकारीहरुको पनि सहभागिता रहेको थियो ।
प्रतिकृया