दमक / राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले दमक नगरपालिकाका प्रमुख रोम नाथ ओलीलाई ७ बुँदे ज्ञापन पत्र बुझाएको छ । राप्रपाका केन्द्रीय नेता राम थापासहित पुगेको टोलीले स्वास्थ्य बीमाको सेवामा दमक अस्पतालका कारण सेवाग्राहीले भोगेको समस्यालाई मुख्य रुपमा उठाएको छ ।
दमक अस्पतालको नगर अध्यक्ष हेमराज सुबेदी र सचिव अर्जुनकृष्ण रेग्मीद्धारा हस्ताक्षरित पत्रमा बीमाका विरामीले आँफूले जान चाहेको अस्पतालमा जान रोक लगाइएको व्यस्थालाइ तत्काल खारेज गरी विरामीले चाहेको अस्पताल तथा पाएक पर्ने अस्पतालमा रेफर दिन माग गरेको छ ।
साथै उसले कोरोना संक्रमितको उपचारदेखि सुकुम्बासीहरु बस्दै आएको जमीनको नाप जाँच गरी जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन समेत माग गरेको छ । आफ्ना मागको सम्बोधन नभए उसले कडा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।
यस्तो छ, पत्रको पूर्ण पाठ ।
प्रतिकृया