दमक। पुरानो आम्दाको नामले चिनिएको दमक–१ मा रहेको सरकारी अस्पताल दमक अस्पतालले स्वास्थ्य विमा गरेका विरामीलाई उनीहरुले इच्छाएका दमकका अन्य अस्पतालमा रेफर नदिएको विषयमा नेपाली कांग्रेसका नेताहरुले आक्रोस पोखेका छन् । कांग्रेस नेता पर्शुराम रिजालले स्वास्थ्य सेवाका नाममा घण्टौ सम्म विरामी कुराउने र सेवा दिन नसक्ने दमक अस्पतालले विरामीले इच्छाएका स्वास्थ्य विमा कार्यक्रम लागू भएका दमकका अन्य अस्पतालहरुमा रेफर नदिएर सिन्डिकेट लगाएको भन्दै कडा आक्रोस पोख्नु भएको छ ।
उहाँले भन्नु भयो, स्वास्थ्य बीमाका नाममा सिन्डिकेट लगाइएको छ, यो गलत छ, दमकका अन्य श्वास्थ्य बीमा लागू भएका अस्पतालमा विरामीले रेफर माग्दा दिन्न भन्नु नियत गरिएको हो । यो नरोकिए ससक्त रुपमा प्रस्तुत हुने बताउनु भएको छ । उहाँले नागरिकको धैर्यताको बाँध नटुटोस भन्दै चाँडै सबै अस्पतालमा रेफर दिएर जनतालाई समयमै उपचार गर्न सुझाव समेत दिनुभएको छ ।
त्यस्तै कांग्रेसका अर्का नेता प्रकाश प्रसाईले यस विषयमा कांग्रेसको ध्याकर्षण भएको भन्दै जनताको स्वास्थ्यमा खेलबाड गर्न नपाईने बताउनु भयो । दमक अस्पतालमा घण्टौ सम्म लाइनमा बस्नुपर्ने, ३ दिन सम्म धाइरहनु पर्ने, समयमा रिपोर्ट देखाउन नपाउने तथा विरामीले दमककै अन्य अस्पतालमा उपचार गराउँछु भनी आँफूलाई पायक पर्ने अस्पतालमा रेफर माग्दा त्यहा दिदैनौ, भन्दै विराटनगर तथा अन्यत्र पठाउने गरेको पाइएको छ ।
दमक ९ का एक विरामीले भने, मैले दमकमै उपचार गराउँछु भनि, रेफर मागे, तर मलाई नोबेल जानु भनेर नोबेलका लागि रेफर दिनुभयो, म आँगनको अस्पताल छोडेर विराटनगर जानु पर्ने भयो, दमकका अन्य अस्पतालमा रेफर दिन मिल्दैन अरे । यस्तो पनि हुन्छ ? यो के हो । सेवा पाइन्दैन भने किन विमा चाहियो ।
उनले रेफर माग्दा समेत पैसा जाने भएकाले स्वास्थ्य बीमा लागूभएका दमककै अन्य अस्पतालमा बीमा कार्ड देखाएर सेवा पाउनु पर्ने भन्दै संघीयता के का लागि नेतालाई खानका लागि मात्र हो ? भन्दै आक्रोस पोखे । त्यस्तै दमक ८ कि एक महिलाले नाम नखुलाउने सर्तमा आँफूले मलाई घर नजिक पर्छ रेफर दिनु भन्दा नदिएको गुनासो गरिन् ।
उनीहरु एक प्रतिनिधी पात्र मात्र हुन् । दमक अस्पताल माई पश्चिमका बीमा गरेका सबै सोवाग्राहीको पहिलो सेवा केन्द्र भएकाले अस्पतालमा उपचारका लागि दैनिक सर्यौको संख्यामा विरामी आउछन् । तर रिर्पोट देखाएर सोहि दिन घर फर्किनभने अधिकांशले पाउदैनन् । विहान दश बजे नै अस्पताल आएकाहरुले पनि रिपोर्टका लागि साँढे तीन बजे सम्म पर्खनुपर्ने बाध्यता छ ।
यस विषयमा स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डाक्टर सेनेन्द्र राज उप्रेतिसँग जिज्ञासा राख्दा उहाँले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका कुनैपनि अस्पतालमा विरामीले मलाई सजिलो हुन्छ मलाइ सोहि अस्पतालमा रेफर गरिदिनु भन्दा त्यहा रेफर दिन्न भन्न नमिल्ने प्रतिक्रिया दिनुभयो । उहाँले विरामीको कुनै गुनासो भए सो सिधै बीमा बोर्डमा उजुरी गर्न सक्ने पनि बताउनु भयो ।
दमकमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएका ५०–५० बेडका निम्स नेशनल हस्पिटल, दमक हस्पिटल एण्ड रिसर्च सेन्टर पनि छन् । तर ती अस्पतालमा हाल रेफर माग्दा समेत त्यहा नदिएर विराटनगर दिँदा यहाँका स्थानीयलाई कति असहज होला भन्ने समेत हेक्का नगर्दा सेवाग्राहीमै स्वास्थ्य बीमा प्रति बितृष्णा पैदा भएको छ ।
विभिन्न संचार माध्यममा समाचार संप्रेशण भएपछि २ दिन अघिदेखी लाईफलाइन र आम्दामा भने रेफर दिनेगरेका छन् । आँगनको अस्पतालमा उपचार गराउँछु भन्दा नपाउनु विडम्बना हो । यस विषयमा दमक नगरपालिकाकी उपप्रमुख तथा दमक अस्पताल संचालक समितिकी अध्यक्ष गिता अधिकारीसँग कुरा गर्दा उहाँले आँफूले यस्तो गर्न निर्देशन नदिएको प्रतिक्रिया दिनुभयो । यसतर्फ बेलैमा संबन्धित निकायको ध्यान नजानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिकृया