झापा। डेनमार्कलाई पराजित गर्दै इङ्गल्याण्ड पहिलो पटक युरोकपको फुट्बलको फाइनलमा प्रबेश गरेको छ । आज विहानका राती सम्पन्न खेलमा एक शुन्यले पछिपरेको अबस्था उल्टाउँदै इङ्गल्याण्ड युरोकपमा पहिलो पटक फाइनलमा पुगेको हो ।
अतिरिक्त समयको १४ औं मिनेटमा कप्तान ह्यारी गरेको गोल नै इङ्गल्याण्डको लागि फाइनल यात्रा तय गर्न पर्याप्त भयो । उनले आँफैले प्रहार गरेको पेनाल्टिको रिबाउण्डमा गोल गरेका थिए ।
रहिम स्ट्रर्लिङलाई जोकिम माहेलले लडाएपछि इंग्ल्यान्डले भीएआरको सहायताबाट पेनाल्टीको अवसर पाएको थियो । यसअघि खेलको ३० औं मिनेटमा युवा खेलाडी डाम्सगार्डले फ्रिकिकमार्फत शानदार गोल गर्दै डेनमार्कलाई अग्रता दिलाएका थिए ।
२१ वर्षीय उनले डि–बक्स नजिकैबाट फ्रिकिक प्रहार गरेका थिए । तर सो अग्रता उसले ९ मिनेट पनि कायम राख्न सकेन् । उसका कप्तान सिमोन केयरले ३९ औं मिनेटमा आत्मघाती गोल गरेपछि खेल बराबरी भयो ।
इंग्ल्याण्डका बुकाय साकोको क्रस क्लियर गर्ने क्रममा कप्तान केयरले आफ्नै पोष्टमा गोल गरेका थिए । खेलको म्यान अफ दि म्याच केन घोषित भए ।
जितसँगै पहिलो पटक फाइनल पुगेको इङ्गल्याण्डले उपाधिका लागि इटालीसँगको भेट पक्का गरेको छ । उपाधि भिडन्त आइतबार राति वेम्बली स्टेडियममा हुनेछ ।
प्रतिकृया