दमक। राष्ट्रवादी नेता डाक्टर भिम रावल भोलि झापाको दमक आउनु हुने भएको छ। देश विदेशीलाई सुम्पनु भन्दा बलिदानी दिनु ठिक हो भन्ने भावना बोकेका राष्ट्रवादी नेता रावल मुलुक बचाउने अभियानका साथ अहिले देश दौडाहामा निक्लिनु भएको छ।
एमसिसी राष्ट्रघात हो भन्ने रावल नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीको राष्ट्रघातको चर्को विरोध गरेकै कारण केही दिन अघि पार्टीबाट निष्काशित हुनुभएको थियो ।
सोही कारण रावल अहिले देश विदेशीलाई सुम्पने लेण्डुपेहरुको योजनालाई मुकदर्शक भएर टुलुटुलु हेर्नु उनीहरूलाई नैतिक समर्थन गर्नु जस्तै हो भनेर आम नेपालीहरुको भावना बुझ्न र देश बचाउने अभियानको बारेमा बुझाउन पूर्व मेचीदेखि महाकालीसम्मको यात्रामा निस्कनु भएको हो ।
नेता रावलले देशको माया हुने सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई देश बचाउने अभियानमा जोडिन पनि अपिल गर्नु भएको छ।
देश विदेशीको क्रिडास्थल बनाउन दिनु हुदैन भन्ने अभिव्यक्ति दिने राष्ट्रवादी नेता रावलको यो अभियानमा देश तथा विदेशमा रहनुभएका थुप्रै राष्ट्रवादी नेपालीहरुले साथ दिने घोषणा गरिसकेका छन्।
प्रतिकृया