✍️ सुजन गाैतम, दमक। झापाको दमकमा रहेको हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिले मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनी पत्राचार गर्न थालेको भन्ने विषयले सामाजिक सञ्जाल तताई रहेको छ ।
व्यवस्थापनले सेवानिवृत्त कर्मचारी र मजदुरहरुका नाममा पत्र पठाउँदै घर खाली गर्न निर्देशन दिएकाे भन्ने विषय नबुझिकन न्युज लेखेर सामाजिक सञ्जाल तताईएकाे र हिमालय टी गार्डेनबाट रिटायर्ड भएका भिम पाठकले आफ्नो निजी निवास बनाएर निजी निवासमा बसोवास गर्न थालेको स्थानीय मजदुरहरुले जानकारी गराए पछि उक्त भवन खाली नराखौ भन्ने उदेश्यले बरु अरु कुनै कर्मचारी नियुक्त गरि कामकालागि उक्त ठाउँ खालि गर्न जानकारी गराईएकाे तर रिटायर्ड मजदुरहरूलाई ‘घर खाली गर्नू’ भनेर आदेश दिएको चाहि गलत रहेको नेपाल चिया बगान सर्बेसघ नेपाली काङ्ग्रेसका ईकाइ अध्यक्ष तथा ३५ बर्ष देखि चिया बगानमा काम गर्दै आउनुभएका मजदुर गाेपाल खड्काले बताउनुभयो ।
पूर्वराजाको चिया उद्योगको व्यवस्थापन सोल्टी समूहले हेरिरहेको छ ।बगानले नै उपलब्ध गराएको जमिनमा उनीहरूले घर बनाएका छन् भने ती बस्ती दमक वडा नम्बर ४ र ९ मा अवस्थित रहेका छन् ।पूर्वपश्चिम राजमार्गको उत्तरतर्फ पीपल बस्ती र दक्षिणतर्फको गणेश टोलको बगानमा काम गरेर ‘रिटायर्ड’ भएका बढीमा २० जना सहित ११८ घरधुरीको बसोबास रहेको छ ।
हिमालय टी गार्डेनबाट रिटायर्ड भएका भिम पाठक आफ्नो निजी निवास बनाएर निजी निवासमा बसेवास गर्न थाले पछि उक्त घरमा लागु औषध प्रयोगकर्ताकाे अखडा बन्दै गएको र वेश्यावृत्ति हुने पाईएकाले यस्तो किसिमको व्यबहार नहाेस र यस्तो किसिमको व्यबहारले हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिकाे नाम बदनाम नहाेस भनेर उहाँलाई पत्राचार गरिएकाे हिमालय महालक्ष्मी टि गार्डेन एन्ड फार्मिङ प्रालिका फ्याक्ट्री म्यानेजर राधा कृष्ण सुबेदिले बताउनुभयो ।
यस विषयलाई लिएर हामी रिपोर्टिङका क्रममा भिम पाठककाे आफ्नो निजी निवास साथै उहाँलाई कम्पनीले दिएको दुबै घरमा पुग्यौ उहाँले भन्नुभयाे हामीलाई पत्र आएको र आफुले नबुझेको र मेरो निजिनिवास भनिएको घर पनि आफ्नो छाेराले बनाएको र बसोबास गरिरहेको छ । आफू रिटायर्ड भएकाे १० बर्ष भईसकेकाे र हालै पनि साेहि घरमा बसेबास गर्दै आएको पनि उहाँले बताउनुभयो । लागु औषध अहिलेकाे अवस्थामा राज्यले पनि नियन्त्रण गर्न नसकेको विषय रहेको र वेश्यावृत्ति हुन थालेको भन्ने विषय आफ्नो घर छेउमा रहेको छिमेकीको घरेलुु विवाद भएपछि बिवाहित दम्पती आएर आफ्नो घर पछाडिको ग्वालिमा आएर त्यो रात सुतिरहेकाे अवस्थामा भेटिएको र यस विषयमा अन्यत्र केहि नरहेको र आफू घर छाडेर पनि काहिँ नगएको र नजाने पनि भिम पाठकले बताउनुभयो ।
हिमालय टी गार्डेनमा २०१८ सालदेखि मजदुरी गरेकाहरूका छोरानातिको जीवन आधा भइसकेको मजदुर नेता तथा दमक ९ का वडा सदस्य नरेश सुनुवारले बताउनुभयाे । पहिलेका निर्देशकले यही बस्नु भनेका थिए । हालका व्यवस्थापनले हट्नुस भन्दै पत्राचार गरेको पनि उहाँले बताउनुभयो । यो टि गार्डेनको नाममा दमकमा करिब ६ सय बिघा जग्गा रहेको छ ।
प्रतिकृया