✍️ सुजन गाैतम, दमक। नेपाली चित्रकलाका विविध पक्षमध्ये एक प्रमुख पक्षको रूपमा भित्तेचित्रको सुरुवातको निश्चित तिथि मिति नभए पनि यसको ऐतिहासिकता लिच्छविकालसम्म पुग्दछ ।
नेपालमा प्राप्त मध्यकालीन चित्रकलाका नमुनाहरूमा भित्ते चित्रकला पनि एक हो । बालबालिकालाई चित्रकला सिकाउनु धेरै फाइदा हुन्छ । यसले बालबालिकाको भावनात्मक, शारीरिक र मानसिक विकासमा सहयोग पुर्याइरहेको हुन्छ भने चित्रकलाका दौरान मस्तिष्कले विभिन्न काल्पनिक र रमाइला कुराहरू सोचिरहेको हुन्छ । तर अहिलेका बालबालिका भने मोबाईल फोनमा गेम कसरी खेल्ने र काटुन हेर्नु भन्द अरु केही साेचेका हुदैन्न ।
यत्तिकैमा झापाको दमक नगरपालिका वडा नं. ९ इटाभट्ट टाेलमा बस्ने प्रीन्स बिष्टमा भने चित्रकला प्रति अत्याधिक रुचि र अदभूत क्षमता रहेको छ । बर्षले १४ पुगेका प्रीन्स बिष्टले बनाएकाे चित्र हेर्दा दुरुस्तै छापेको जस्तो देखिन्छ । उमेरले सानु भए पनि प्रीन्सकाे क्षमता भने अदभूत रहेको छ ।
अहिले उ दमक ९ स्थित ब्राइटर स्टार इङ्लिस इस्कुलकाे कक्षा ८ मा अध्यनरत छन् । झापाको गाैरादह नगरपालिका वडा ९ बैगुन्धुरामा जन्मिएका प्रीन्स बिष्ट अहिले उन्की आमा बिमला बिष्ट संघ ६ बर्ष देखि दमक स्थित काेठा भाडामा बस्दै आएका छन् ।
अहिले प्रीन्स बस्ने काेठामा भित्र पसेर हेर्न हाे भने काेठाकाे भित्ता भरि आफुले बनाएका चित्रले भित्तानै ढाकेकाे छ। आफुलाई सानो देखिनै चित्र बनाउन र गितहरु आफै रचना गर्ने रुचि भएको प्रीन्स बिष्ट बताउँछन् । प्रीन्स बिष्टका बुबा गंगा बहादुर बिष्ट हाल बैदेशिक रोजगारिका सिलसिलामा रहेका छन् । अहिले प्रीन्सलाई उनकि आमा बिमला बिष्टले काेठा भाडामै बसेर सानो किराना पसल चलाएर छोरालाई पठनपाठनमा चाहिने आवश्यक सामाग्री साथै समन्वय घर खर्च टारी रहेकि छिन् ।
आफुसग चित्र बनाउने कला भए पनि आफुले बनाएकाे चित्र प्रदर्शन गर्ने कुनै ठाउँ नरहेको र केहि पुरस्कारहरु ब्राइटर स्टार इङ्लिस इस्कुलबाट जितेर ल्याए पनि आफुले साेचे जस्तो प्रतियगितामा भाग लिने अवसर नपाएको प्रीन्स बिष्ट बताउँछन् । अहिलेका बालबालिका भनेका भविष्यका कर्णधार हुने हामी सबैले उनिहरुकाे कला र क्षमतालाई सम्मान गर्नु पर्छ ।
प्रतिकृया