सुजन गाैतम। झापाको दमक नगरपालिका वडा न.ं ३ मा रहेको बेलडाँगी र मोरङको पथ्रीस्थित शरणार्थी शिविरका ज्येष्ठ नागरिक, अशक्त र असहायलाई इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाकाे टिमले जीवन निर्वाह रकम (भत्ता) वितरण गरेको छ ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारी लगाएतकाे टिमलाई शरणार्थी शिविर क्याम्प गेटबाटै चुलाचुली माध्यमिक बिधालयका विद्यार्थीहरु , शरणार्थी शिविरका विद्यार्थीहरु र बेलडाँगी बासिन्दाले फुल , माला र बाजागाजा सहित भब्य स्वागत गरेका थिए ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बेलडाँगी शिविरका २ सय ५१ र पथ्री शिविरका ५६ जनालाई मासिक जनही रु पाँच हजारका दरले जीवन निर्वाह एवं पौष्टिक आहारका लागि शुक्रबार रकम वितरण गरीएको थियो ।
इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले विगतदेखि नै शिविरका ज्येष्ठ नागरिक, असहाय र असक्तहरूलाई मासिक रूपमा सो रकम उपलब्ध गराउँदै आएका छन् ।
शरणार्थी शिविरभित्र कष्टकर जीवन निर्वाह गरिरेहका नागरिकहरु लाई केही सहयोग पुगोस् भन्ने उद्देश्यले नेपाल सरकारको स्वीकृतिमा यो कार्यक्रम विगत २०१९ देखि निरन्तर चलिरहेको छ ।
पुर्नर्बास कार्यक्रमअन्तर्गत अमेरिकामा रहेका आफूहरूले शिविरमा अलपत्र छोडिएकाहरूका लागि थोरै भए पनि सहयोग पुगोस् भन्ने हेतुले सहयोग गर्दै आएको इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो ।
दमक नगरपालिका वडा न.ं ३ मा रहेको बेलडाँगी र मोरङको पथ्री स्थित शरणार्थी शिविर यी दुई शिविरमा छिमेकी मुलुक भुटानबाट अन्यायपूर्वक लखेटिएर नेपालमा जबर्जस्ती शरणार्थी बनाइएका लगभग आठ हजार नेपाली भाषी बसोबास गर्दछन् । शिविरका अशक्त तथा असहायहरूका लागि फाउण्डेसनले ‘डे केयर’को पनि व्यवस्था गरेको छ ।
इन्ट्रा फाउन्डेसनले भुटानी शरणार्थी प्रभावित मोरङको पथ्रीशनिश्चरे र दमक नगरपालिकालाई एक/एक वटा एम्बुलेन्स पनि प्रदान गरेको छ । भुटानी शरणार्थीहरूको सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा काम गरिरहेको सो फाउन्डेसनले पथ्रीशनिश्चरे १० स्थित भुटानी शरणार्थी शिविरमा एक कार्यक्रमको आयोजना गरि एम्बुलेन्स प्रदान गरिको थियो ।
त्यसैगरी बालबालिकाका लागि उचित शिक्षादीक्षा उपलब्ध हुन सकोस् भनेर स्थानीय विद्यालयका लागि अङ्ग्रेजी, विज्ञान, गणितजस्ता विषयका २७ जना शिक्षक शिक्षिका उपलब्ध गराएको छ भने अहिले अङ्ग्रेजी माध्यमबाट पढाई भइहेको छ । शिक्षक र शिक्षिकाको सम्पुर्ण तलब शुल्क इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले दिदै आएको इन्ट्रा नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका शिक्षक टि आर कालिकोटेले बताउनुभयो ।
फाउण्डेसनको सहयोगमा पथ्री शिविरमा स्वास्थ्य चौकी निर्माण भइसकेको छ भने बेलडाँगी शिविरको स्वास्थ्य चौकी निर्माणका लागि स्थानीय शिविर व्यवस्थापन समिति सँगको परामर्श पनि भएको थियो तर प्राविधिक समस्याको कारणले कामहुन नसकेको
फाउण्डेसनका अध्यक्ष डिल्ली अधिकारीले बताउनुभयो । भुतपुर्व क्याम्प ब्यबस्थापन समितिको सचिव टि.बि राईले स्वागत मन्तव्य राख्नुभएको थियो भने राम बानियाँले कार्यक्रम संचालन गर्नु भएको थियोे ।
नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका महा सचिव गेापाल धिताल ,ससस्त्र प्रहरी बल नेपाल भुटानी सरणार्थी सुरक्षा बेस बेलडाँगीका बरिस्ठ सहि इन्द्र कोइराला, नेसनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनका एगजिटेटिप मेम्बर एल. बि तिवारी लगायत टिमको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतिकृया