ललितपुर। नेपाल बुद्धिचाल संघ र ललितपुर स्पोर्ट्स क्लबको संयुक्त आयोजनामा यही मंसिर २५ देखि ३० गतेसम्म तुल्सीलाल स्मृति सातौं नेशनल टिम क्लव बुद्धिचाल प्रतियोगिता हुने भएको छ।
नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनको धरोहर रुपमा स्थापित नेता तुल्सीलाल अमात्यको स्मृतिमा प्रतियोगिता ललितपुरको च्सासल स्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको सभा हलमा हुनेछ।
लिग कम नकआउटका आधारमा संचालन हुने प्रतियोगितामा प्रत्येक टिमबाट पाँच जना खेलाडीहरुको सहभागी रहनेछ ।
सातै प्रदेश र विभिन्न क्लवहरु र।संस्थाका गरि २५ भन्दा बढि टिमहरुुको सहभागी रहने प्रतियोगितामा देशभरबाट १५० खेलाडीहरुको सहभागी रहनेछ।
कुल चार लाख सत्तरी हजार पुरस्कार राशि रहेको प्रतियोगितामा विजेता टिमले दुई लाख , उपविजेताले १ लाख २० हजार , तेस्रो स्थान ओगट्ने टिमले ६० हजार र चौथो स्थान हात पार्ने टिमले ४० हवारनगद पुरस्कार हात पार्नेछ।
त्यसैगरी प्रत्येक बोर्डमा उत्कृष्ट हुने पाँच जना खेलाडीहरुलाई जनही १०/१० हजार पुरस्कारको पनि व्यवस्था गरिएकोछ।
प्रतियोगितामा छैटौं संस्करणको विजेता दोलखा चेस होम , उपविजेता थापाथली चेस पार्क क्लव, कोशी प्रदेश बुद्धिचाल संघ, आयोजक ललितपुर स्पोर्ट्स क्लव, ललितपुर महानगर पालिका , भक्तपुर जिल्ला बुद्धिचाल संघ , लुम्बिनी इभेन्ट मेनेजमेन्ट टिम, सुदुर पश्चिम प्रदेश बुद्धिचाल संघ, गण्डकी प्रदेश बुद्धिचाल संघ, काठमाडौ चेस क्लव , दोलखा बुद्धिचाल संघ, महालक्ष्मी नगरपालिका , गोदावरी नगरपालिका , हेटौंडा चेस क्लव र नाइट चेस क्लब झापाको सहभागिता निश्चित भइसकेको छ।
प्रतिकृया