काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछानेलाई गरिएको पक्राउप्रति भर्त्सना गरेको छ ।
शुक्रबार साँझ पार्टी केन्द्रीय कार्यालयबाट लामिछानेलाई पक्राउ गरिएपछि एक विज्ञप्तिमार्फत रास्वपाले ‘संसदीय छानबिन समितिले सहकारी ठगीमा कुनै संलग्नता नरहेको पुष्टि गरेको अवस्थामा पनि पक्राउ गरिनु राजनीतिक पूर्वाग्रह प्रेरित कदम रहेको’ निष्कर्ष निकालेको छ ।
प्रतिकृया