काठमाडौं। उपसभामुख इन्दिरा राना मगरले अमेरिकी दूतावासलाई लेखेको पत्र सम्बन्धी विषय संसद् प्रवेश गरेको छ ।
असम्बन्धित व्यक्तिलाई अमेरिका लैजान पत्र लेखेको र त्यसमा आर्थिक लेनदेन पनि भएको हुन सक्ने आशंका बढेपछि उनीमाथि संसदीय समितिमा उजुरी पनि परेको थियो ।
उपसभामुखले अमेरिका लैजान पैसा मागेको र लैजान नसकेपछि फिर्ता गरेको विषय सार्वजनिक भएको भन्दै त्यसमाथि पनि नैतिक जिम्मेवारी नलिएपछि पदबाटै हटाउनुपर्ने अवस्था आएको सत्तारुढ दलको निष्कर्ष छ ।
प्रतिकृया