दमक। पतञ्जली याेग साधना केन्द्र अन्तरगत दमक नगरपालिका वाड न -८ मा रहेकाे अर्गानिक याेग साधना केन्द्रले प्रथम बार्षिक साधारण सभा एक भव्य कार्यक्रमका बिच सम्पन्न गरेकाे छ ।
उक्त साधारण सभा दमक ८ का वडा अध्यक्ष धर्मप्रसाद दहाल (दिपेश) काे प्रमुख आतिथ्यतामा भएकाे थियाे । उक्त कार्यक्रममा पतञ्जली याेग समितिका प्रदेश, जिल्ला र नगर गाउँ समितिका पदाधिकारीहरुकाे उपस्थिति रहेकाे थियाे ।
जस अन्तगत प याे स प्रदेश सदस्य मिना काेईराला, प याे स जिल्ला महामन्त्री सुशील निराैला , जिल्ला सदस्य हरि पाठक ,प याे स महिला समिति जिल्ला अध्यक्ष प्रेमकला निराैला, प याे स दमक नगर समिति अध्यक्ष दुर्गा प्रसाद भण्डारी, उपाध्यक्ष किरण उप्रेती,सह महामन्त्री शेखर अधिकारी,संगठन मन्त्री कुमार खनाल,महिला समिति दमक नगर अध्यक्ष उमा पाठक, कमल गाउपालिकाका युवा संयाेजक धनश्याम प्याकुरेल लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
उक्त कार्यक्रममा नियमित उपस्थित भई साधना गर्ने विन्दा सिटाैला, ज्येष्ठ साधक तारानिधि मिश्र, उत्कृष्ठ साधक साधिकाहरु अमृत बहादुर नेम्बाङ्ग र हिमा तिवारि लाई सम्मान गरिएकाे थियाे ।
यसरी नै साधना केन्द्रलाई सहयाेग पुर्याउने साधक साधिका हरु बिक्रम शाह, बिजय शाह, केशव कार्की, संजय शाह, राेजी मण्डल, हरि अधिकारी, ताेर्ण बस्नेत, लाल बहादुर सापकाेटा लगायतलाई समेत सम्मान गरपएकाे थियाे ।
प्रमुख अतिथि वडाध्यक्ष दहालले दमकमा सञ्चालन भईरहेकाे दुई दर्जन भन्दा बडी याेग साधना केन्द्र मध्येकाे सबैभन्दा ठूलाे अर्गानिक याेग साधना केन्द्रलाई अझ ब्यबस्थित रुपले सञ्चालन गरि वडा बासीहरु लाई याेग ध्यान र प्रणायाममा सरिक गराई निराेगी बन्न बडा कार्यलय सधै सकृय रुपले लागिरहने कुरा बताउनु भयाे । कार्यक्रममा यज्ञ हाेमादि, नृत्य,कविता र नाटक समेत प्रस्तुत गरिएकाे थियाे ।
अर्गानिक साधना केन्द्रका अध्यक्ष उमेश धिमिरेकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रममा उपाध्यक्ष हरि अधिकारीले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमकाे सञ्चालन सचिव गंगा प्रसाद सेडाईले गरेका थिए ।कार्यक्रममा करिव दुईसय भन्दा बडी साधक साधिकाकाे उपस्थिति रहेकाे थियाे।
प्रतिकृया