दमक। साहित्य कला सङ्गम दमकले रचना वाचन सहित भानुभक्तकाे २११ ओै जन्म जयन्ती एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । साहित्य कला सङ्गमकाे आफ्नै कार्यलयमा सम्पन्न उक्त कार्यक्रममा करिव तीन दर्जन साहित्यकारहरुकाे उपस्थिति रहेकाे थियाे । दमक -५ भानु चाेकमा रहेकाे भानुभक्तकाे शालिकमा माल्यार्पण गरेर रचना बाचन तथा रामायण बाचन गर्ने कार्य सम्पन्न भएकाे थियाे ।
रचनावाचन गर्ने साहित्यकारहरु साहित्यकला सङ्गमका बरिष्ठ उपाध्यक्ष बिन्दु दहाल मुकदर्शक ,उपाध्यक्ष दुर्गा काफ्ले, काेषाध्यक्ष ओमप्रसाद खनाल,सदरस्यहरु बिरेन्द्र खडका, मेघनाथ बन्धु साहित्यकारहरु बास्काेटा धनञ्जय ,अम्विका प्रसाद सापकाेटा, गीता कुवर, राम नेपाल,ओम आचार्य ,बिवेक दुलाल, किराँती राजा, भगवती दवाडी, यादवप्रसाद नेपाल रहेका थिए । साहित्यकला सङ्गमका सल्लाहकार सदस्य डा. गाेपाल प्रसाद भण्डारीकाे प्रमुख आतिथ्यमा भएकाे उक्त रचना वाचन कार्यक्रममा दमक प्रज्ञा प्रतिष्ठानका पुर्व अध्यक्ष हेम अधिकारी,शैक्षिक व्यतित्वहरु प्राध्यापक ज्ञाननाथ निराैला,लिलानाथ खनालकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे । साहित्य कला सङ्गमका बरिष्ट उपाध्यक्ष बिन्दु दहाल मुकदर्शककाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले गरेका थिए ।
प्रतिकृया