दमक। खनाल सेवा समिति दमक नगर समितिले गाेठधुपकाे कार्यक्रम र बार्षिक साधारण सभा एउटै कार्यक्रमका बिच सम्पन्न गरेकाे छ ।
दमक नगर भित्र बसाेबास गर्ने खनालहरुकाे उपस्थितिमा भएकाे उक्त कार्यक्रममा खनाल सेवा समिति दमक नगर अध्यक्ष लीलानाथ खनालले बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए भने काेषाध्यक्ष चुडामणी खनालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । खनाल सेवा समिति झापाका सचिव ओमप्रसाद खनालकाे प्रमुख आतिथ्यमा भएकाे उक्त कार्यक्रममा खनाल सेवा समिति झापाका उपाध्यक्ष बद्री खनाल, सदस्य बालकृष्ण खनाल, लेखा समिति सदस्य हरिमाया खनाल,समाजिक व्यक्तित्व दुर्गा देवी खनाल काफ्ले , खनाल सेवा समिति दमकका सदस्य रुद्रप्रसाद खनाल, खनाल महिला मञ्च का सदस्य प्रमिला खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा अध्यक्षकाे बार्षिक प्रतिवेदन र काेषाध्यक्षकाे प्रतिवेदन सर्वसम्मतिले पारित गरेकाे थियाे । खनाल सेवा समिति दमकका अध्यक्ष लीलानाथ खनालकाे अध्यक्षतामा भएकाे उक्त कार्यक्रमकाे सञ्चालन खनाल सेवा समिति दमकका सचिव शारदा खनालले गरेका थिए ।कार्यक्रममा खनाल सेवा समिति दमकका सदस्यता लिने नयाँ सदस्यहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएकाे थियाे ।
प्रतिकृया