दमक। झापाको दमक-२ स्थित भुटानी शरणार्थी शिविरमा जारी जय हुमागाई मेमोरियल कप ईन्टर सेक्टर फुटबल प्रतियोगिताको उपाधिका लागि सेक्टर बी र डि भिड्ने भएका छन् ।
सोमबार सम्पन्न खेलमा जित हात पार्दै दुबै टोली फाईनल प्रबेश गरेसँगै उपाधिका लागि यी दुई टिम भिड्ने निश्चित भएको हो ।
सेक्टर बीले उपाधि दाबेदार मानिएको सेक्टर सिको टिम बी लाई २-१ ले पाखा लगाएको हो । उसको जितमा बिन्दास क्षेत्री र कप्तान शुक्र तामाङले गोल गरे । क्षेत्रीले पाँचौं र तामाङले अठारौं मिनेटमा गोल गरेका थिए ।
पराजित सेक्टर सिका लागि पुरन तामाङले गोल गरेका थिए । उनले दोस्रो हाफको आठौं मिनेटमा गोल गरेका थिए ।
उता सेक्टर डिको टिम एले सेक्टर सिको टिम एलाई २-१ ले नै पराजित गर्दै फाईनलमा स्थान पक्का गरेको थियोे । फाईनल खेल मंगलबार हुनेछ । खेल दिउँसो ३ बजे शुरुहुने तारा कालिकोटेले जानकारी दिनुभयो ।
प्रतियोगिताको विजेताले नगद २० हजार र उपविजेताले नगद १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगिता शिव हुमागाई र गोमा हुमागाईले आयोजना गरेका हुन् ।
प्रतिकृया