दमक। जीवन बिज्ञानकाे सात दिने उर्जा ध्यान शिविर दमक ८ स्थित अर्गानिक कृषि भवनमा सम्पन्न भएकाे छ । जीवन बिज्ञान जिल्ला परिषद झापा काे आयाेजनामा र दमक न. पा. वडा नं. ८ वडन कार्यलयकाे सहयाेगमा भएकाे उक्त ध्यान शिविरमा करिव ५० जना सहभागी भएका थिए ।
प्रशिक्षकहरु लक्ष्मण न्याैपाने,पुष्पा न्याैपाने, हरि प्रसाद दहाल,सुमना दहाल, पुष्पा गाैतम, पुर्णप्रकाश निराैला,मदन अर्याल,श्रीप्रसाद राई,जानुका राई ले प्रशिक्षण गराउनु भएकाे उक्त उर्जा शिविरमा याेग,ध्यान, प्रणायाम लगायत आफ्नाे जीवनलाई कसरी सुखी बनाउन सकिन्छ भन्ने बिषयमा प्रशिक्षण भएकाे थियाे ।
उर्जा शिविरलाई आगामी दिनमा निरन्तरता दिने कुरा स्थानिय हरिहर कृतन मण्डलीका अध्यक्ष समेत रहेका सहभागी लाल बहादुर सापकाेटाले बताए भने याे शिविरलाई प्रयाेशालाका रुपमा ब्यबस्थित रुपले सञ्चालन गर्ने कुरा स्थानिय बन्धु बिकास टाेल बिकास संस्थाका अध्यक्ष समेत रहेका सहभागी ओमप्रसाद खनालले बताए ।
उर्जा शिविरकाे समापन जीवन बिज्ञानका काेसी प्रदेश सल्लाहाकार लक्ष्मण न्याैपानेकाे प्रमुख आतिथ्यतामा र झापा जिल्ला संयाेजक पुष्पा न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे ।
प्रतिकृया