दमक। कमल गाउँपालिका स्थित मंगलमय माध्यमिक बिद्यालयले आफ्नाे ५२ ओे बार्षिक उत्सब तथा अभिभावक दिवश एक कार्यक्रमका बिच सम्पन्न गरेकाे छ । उक्त अवसरमा बिद्यालयले विभिन्न सम्मान र पुरस्कार बितरण गरेकाे छ ।
बिद्यालयलाई सहयाेग गर्ने विभिन्न सघ सस्था , उत्कृष्ट बिद्याथी,उत्कृष्ट अभिभावक लगायत बिद्यालयमा उत्कृष्ट कार्य गर्ने शिक्षक शिक्षिका र कर्मचारी हरुलाई सम्मान गरिएकाे थियाे । सम्मानित हुने सघ सस्थाहरु लखनपुर खानेपानीकाे कार्यलय,वर्क फर नेपाल र ईन्भाईराेमेन्ट प्राेटेक्सन नेपाल र बिद्यालयमा मन्दिर निर्माण गरिदिने पबित्रा देवी सापकाेटा रहेका छन भने उत्कृष्ट शिक्षक सम्मान प्राप्त गर्नु हुने बिद्यालयका पुर्व प्रधानाध्यापक ओमप्रसाद खनाल लगायत शिक्षक शिक्षिकाहरु अभिनारायण तिम्सिना,महेन्द्र प्रसाद घिमीरे, पुष्पा ताजपुरीया ,डमकुमारी राई, लक्ष्मी ढकाल, अनुजा सापकाेटा, कर्मचारीहरुमा टिकादेवी आचार्य र धन बहादुर तामाङ रहेका छन ।
बिद्यालयका प्रधानाध्यापक माेहनकुमार बगाले ले बिद्यालयकाे बार्षिक प्रतिबेदन प्रस्तुत गरेकाे उक्त कार्यक्रममा बिद्याथी हरुले विभिन्न सास्कृतिक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिह राईकाे प्रमुख आतिथ्यतामा भएकाे उक्त कार्यक्रमा शिक्षा बिकास तथा समन्वय एकाई झापाका प्रमुख राज कुमार बि.क. काे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
कार्यक्रम बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष तिर्थ बहादुर थापाकाे अध्यक्षतामा भएकाे थियाे भने कार्यक्रमा बिद्यालय ब्यबस्थापन समितिका सदस्यहरु, शिक्षक अभिभावक संघका पदाधिकारीहरु,शिक्षक शिक्षिकाहरु,युवा रेडक्रस सर्कलका सदस्यहरु लगायत अभिभावकहरुकाे उपस्थिति रहेकाे थियाे।
प्रतिकृया