काठमाडौं। सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार दिउँसो भएको घटनामा परी मृत्यु भएका दुई युवाको परिवारलाई १०/१० लाख राहत दिने निर्णय गरेको छ।
शनिबार दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले यस्तो निर्णय गरेको सहभागी एक मन्त्रीले जानकारी दिए।
त्यस्तै, सातदोबाटोका डीएसपी उमेश लम्साल र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालाका पीएसओ बोधराज दनुवारलाई निलम्बन गर्ने निर्णय पनि बैठकले गरेको छ।
प्रतिकृया