दमक। झापाको दमक स्थित देवकाेटा चाेकमा रहेकाे महाकवि लक्ष्मी प्रसाद देवकाेटाकाे शालिकमा माल्यार्पण गरेर ११५ औं लक्ष्मी जयन्ती एक कार्यक्रमका विच मनाईएकाे छ ।
दमकमा रहेका साहित्यिक संस्थाहरु साहित्य कला सङ्गम र प्रतिभा निकेतन काे सयुक्त संयाेजनमा उक्त कार्यक्रम सम्पन्न भएकाे छ ।
कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष बिन्दु दहाल “मुक दर्शक” र प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराईले संयुक्त रुपमा महाकवि दवकाेटाकाे शालिकमा माल्यार्पण गरेका थिए।
कार्यक्रममा साहित्य कला सङ्गमका उपाध्यक्ष यादव प्रसाद अधिकारी, प्रतिभा निकेतनका अध्यक्ष कमल प्रसाद भट्टराई र साहित्यकार धनञ्जय बास्काेटाले देवकाेटाकाे बारेमा मन्तव्य व्यक्त गरेका थिए ।
उक्त कार्यक्रममा साहित्यकारहरु बिन्दु दहाल मुकदर्शक ले ‘शाकुन्तल’ महाकाव्यबाट,ओमप्रसाद खनालले ‘वनकुसुम’ महाकाव्यबाट,हरि पराजुलीले ‘मुना मदन’बाट कविताहरु वाचन गरेका थिए ।
साथै साहित्यकारहरु मेघनाथ बन्धु,बिरेन्द खडका,लता मिश्र,किराँती राजा,अम्विका प्रसाद सापकाेटा लगायतले रचना वाचन गरेका थिए। कार्यक्रममा साहित्यकारहरु नरपति पाण्डे,नारायण शर्मा फुयल,डा. लेखनाथ न्याैपाने,प्रकाश भण्डारी,रधुनाथ भण्डारी, लिलानाथ खनाल, नेत्र दहाल, कृष्णा तिम्सिना लगायतकाे उपस्थिति रहेकाे थियाे।
सहित्यकला सङ्गमका काेषाध्यक्ष ओमप्रसाद खनालले सञ्चालन गरेकाे उक्त कार्यक्रमकाे समापन सङ्गमका उपाध्यक्ष बिन्दु दहाल मुकदर्शकले गरेका थिए ।
प्रतिकृया