फाकफोकथुम। ओसन राई र च्याङबा तामाङको उत्कृष्ट प्रदर्शनसँगै ब्रदर्श युनाइटेड क्लब आमचोक ईलामको फाकफोकथुम-७ स्थित शिकारी भञ्ज्याङमा जारी विजया दशमी तथा दिपावली कप फुटबल प्रतियोगिताको तेश्रो चरणमा प्रबेश गरेको छ।
आमचोकले देउराली युनाइटेड क्लबलाई पुरै दबाबमा राख्दै पाँच शुन्यको शानदार जित हात पारेको हो।
आमचोकको जितमा च्याङबा तामाङ र ओसन राईले दुई दुई गोल गरे । थप गोल पुरन राईले गरेका थिए ।
च्याङबाले पहिलो हाफको ११ औं र दोश्रो हाफको १२ औं मिनेटमा गोल गरेका थिए । उनले दुबै गोल फ्रिकिकमा गरेका थिए ।
त्यस्तै ओसनले पहिलो हाफको १२ औं र १८ औं मिनेटमा गोल गर्दै देउरालीमाथि शानदार जितको आधार बनाएका थिए । थप गोल दोश्रो हाफको २८ औं मिनेटमा पुरन राईले गरेका थिए ।
जितसँगै आमचोक प्रतियोगिताको क्वाटरफाइनल प्रबेश गरेको छ। शनिबार उपाधि दाबेदार सालबारी एफसी झापा र घुर्विसे पञ्चमीबीच खेल हुनेछ।
प्रतियोगिताको विजेताले नगद एक लाख तथा उप- विजेताले नगद पचास हजार रुपैयाँ हात पार्नेछ । सिंहदेवी माविको खेल मैदानमा जारी प्रतियोगिताको आयोजना वडा खेलकुद विकास समितिले गरेको हो ।
प्रतिकृया