ईलाम। सिमसारा एफसीलाई चार शुन्यले पाखा लगाउँदै द ब्वाइज एफसी आमचोक ईलामको फाकफोकथुम-७ शिकारी भञ्ज्याङमा जारी विजया दशमी तथा दिपावली कप फुटबल प्रतियोगिताको दोश्रो चरणमा प्रबेश गरेको छ।
विजयी टिमका लागि सुन्दर सुनुवारले ह्याट्रिक गरेभने कप्तान युवराज बागदासले थप गोल गरेका थिए ।
खेलको सुरुवातदेखि नै उत्कृष्ट प्रदर्शन गरेको आमचोकले तेश्रो मिनेटमै अग्रता लिएको थियोे । उसले सुन्दर सुनुवारको गोलबाट अग्रता लिएको थियोे ।
त्यसपछि झनै आक्रामक देखिएको आमचोकका लागि कप्तान युवराज बागदासले २५ औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाएका थिए ।
पहिलो हाफमा दुई शुन्यको अग्रता लिएको आमचोकले दोश्रो हाफमा थप दुई गोल गरेको थियोे । उसका लागि सुन्दर सुनुवारले दोश्रो हाफको १८ औं र २० औं मिनेटमा गोल गर्दै ह्यट्रिक गरेका थिए ।
उता पराजित सिमसाराले भने आँफुले पाएका दर्जन बढी अबसरलाई सदुपयोग गर्न नसक्दा लज्जास्पद हार व्यहोरेेको छ। जितसँगै आमचोकले महमाईसँगको भेट पक्का गरेको छ।
महमाईले आजै सम्पन्न पहिलो खेलमा रातमाटे एफसीलाई पाखा लगाउँदै दोश्रो चरणमा स्थान पक्का गरेको थियो । भोलि उपाधि दाबेदार ब्रदर्श युनाइटेड र दानाबारी आमनेसामने हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद एक लाख हात पार्नेछ भने उप-विजेताले नगद पचास हजार हात पार्नेछ । प्रतियोगिताको आयोजना वडा खेलकुद विकास समितिले गरेको हो । खेलको khelkudtimes ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।
प्रतिकृया