दमक। टसी एफसी मोरङलाई तीन शुन्यले पाखा लगाउँदै धरान एफसी सुनसरी दोश्रो रोयल कप महिला फुटबलको अन्तिम चारमा प्रबेश गरेको छ।
झापाको दमकमा जारी प्रतियोगिताको उपाधि दाबेदार धरानका लागि समिक्षा मगरले दुई तथा प्रतिक्षा राईले एक गोल गरेकी थिईन् ।
तीन गोल नै पहिलो हाफमा भएको थियोे । निक्कै नै उत्कृष्ट प्रदर्शन गरेको उसका लागि समिक्षाले ९ औं मिनेटमा गोल गर्दै धरानलाई अग्रता दिलएकी थिईन् ।
त्यसको एक मिनेट पनि बित्न नपाउँदै पुनः समिक्षाले नै दर्शनीय गोल गर्दै अग्रता दोब्बर बनाईन भने खेलको २६ औं मिनेटमा प्रतिक्षा राईले पेनाल्टी मार्फत गोल गर्दै धरानलाई तीन शुन्यको अबस्थामा पुर्याएकी थिईन् ।
पहिलो हाफमा तीन शुन्यले पछि परेको टासीले दोश्रो हाफमा उत्कृष्ट प्रदर्शन गरेर धरानलाई रोकेपनि हार टार्न भने सकेन्। खेलमा दुई गोल गरेकी समिक्षा प्लेयर अफ द म्याच घोषित भईन्।
बुधबार उपाधि दाबेदार बीवाईसी ईलाम र आयोजक आमने-सामने हुने खेल संयोजक राजु खड्काले शुभदिनलाई जानकारी दिनुभयो । प्रतियोगिताको विजेताले नगद ५० हजारसँगै ट्रफी हात पार्ने छ। त्यस्तै उप-विजेताले नगद ३० हजार प्राप्त गर्नेछ । ५ गतेसम्म चल्ने सो प्रतियोगिताको Khelkudtimes ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।
प्रतिकृया