दमक। सामाजिक कार्यमा सक्रिय पहिलो पाईला नेपाल दमक शाखाले प्यारालाइसिसका कारण थलिएकी पवित्रा भुजेलका लागि सहयोग गरेको छ । उसले केहि स्वास्थ्य सामाग्री तथा कम्फर्ट चेयरसहित खाद्यान्न, जुस लगायत सहयोग गरेको हो ।
विगत एक बर्षदेखि थलिएकी उनलाई वडा नम्बर ८ स्थित आइतबारे टोल विकास संस्थाका अमृत बहादुर निरौलाको प्रमुख आतिथ्यमा सहयोग गरिएको हो ।
यो सहयोगसँगै पहिलो पाईलाका अध्यक्ष दिपक खड्काले सामाजिक कार्यमा पहिलो पाईला कहिल्यै पनि पछि नसर्ने प्रतिक्रिया दिनुभयो । सहयोग हस्तान्तरण कार्यक्रम संस्थाका सचिव मेघनाथ फुयालले संचालन गर्नु भएको थियो । संस्थाले दमक लगायत बिभिन्न जिल्लामा समेत सामाजिक कार्य गर्दै आएको छ ।
प्रतिकृया