ओम प्रसाद खनाल, दमक साहित्य कला सङ्गम दमककाे आयाेजनामा तुलसा देवी प्रतिभा पुरस्कार बितरण र २४ औं रचना वाचन कार्यक्रम एकै साथ सम्पन्न गरेकाे छ। दमकमा रहेर सामाजिक सेवामा कार्य गदै आउनु भएका डा. लेखनाथ न्याैपानेले स्थापना गर्नु भएकाे उक्त पुरस्कार प्राप्त गर्ने एक जना शिक्षक र बीस जना छात्र छात्रा रहेका छन ।
हिमालय मा. वि. का शिक्षक रमेश रेग्मीलाई रु पाँच हजार नगद सहित पुरस्कृत गरिएकाे छ । यसरी नै हिमालय मा वि र पृथ्वी मा.वि.का दश,दश जना छात्रछात्रालाई रु तीन,तीन हजारका दरले पुरस्कृत गरिएकाे थियाे। साथै सुर्य दर्शन साकाेस ले पुरस्कृत बिद्याथीलाई झाेला र शैक्षिक सामाग्री प्रदान गरेकाे थियाे ।
यसरी नै रचना वाचन कार्यक्रममा दुई दर्जन भन्दा बढी स्रष्टाहरुले रचना वाचन गरेका थिए । साहित्यकारहरु यादव प्रसाद अधिकारी ,ओम प्रसाद खनाल, गाेपाल प्र.दहाल,ओम प्रकाश गाैतम, डिल्ली निराैला ,विरेन्द खडका ,दुर्गा काफ्ने ,भगवती दवाडी ,लता खनाल( मिश्र), लक्ष्मी क्षेष्ठ,प्रकाश लिम्बू,प्रिती बस्नेत, भूमी बास्काेटा, गरिमा न्याैपाने, दिक्षा वाग्ले, रमला दर्जी आदि ले आफ्ना रचनाहरु प्रस्तुत गरेका थिए।
दमक प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हेमनाथ अधिकारीकाे प्रमुख आतिथ्य र दमक नगर पालिका वडा नं ७ का वडा अध्यक्ष भिम पाैडेलकाे विशिष्ट आतिथ्यमा भएकाे उक्त कार्यक्रममा सुर्य दर्शन साकाेशका अध्यक्ष टिकाराज सापकाेटा ,हिमालय मा. वि.का प्रधानाध्यापक दाेर्ण श्रेष्ट,साहित्यकला सङ्गमका पुर्व महासचिव के.पि.ढकाल र पुरस्कार संस्थापक डा. लेखनाथ न्याैपानेले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रम साहित्यकला सङ्गमका अध्यक्ष विष्णु न्याैपानेकाे अध्यक्षतामा भएकाे थियाे भने सन्चालन हरि पराजुलीले गर्नु भएकाे थियाे ।
प्रतिकृया