डिफेण्डिङ्ग च्याम्पियन ब्राजिल कोपा अमेरिका कप फुट्बलको सेमिफाइनलमा प्रवेश गरेको छ । घरेलु मैदानमा जारी प्रतियोगिताको आज विहान सम्पन्न खेलमा चिलीलाई १–० ले हराउँदै ब्राजिल सेमिफाइनल पुगेको हो ।
दोस्रो हाफमा लुकास पेक्वेटाले गरेको गोल नै खेल निर्णायक बनेको थियो । दोस्रो हाफको पहिलो मिनेटमा नै उनले गोल गरेका थिए । मैदान प्रवेश गरेको एक मिनेट भन्दा कम समयमा पेक्वेटाले गोल गरेका हुन् । दोस्रो हाफको सुरुमा उनी रोबेर्टो फर्मिनोको ठाँउमा मैदान प्रवेश गरेका थिए ।
खेलमा अग्रता लिएको दुई मिनेटपछि नै ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । ग्राबियल जिससले रातो कार्डको सामना गर्नेपछि ब्राजिल १० खेलाडीमा सिमित भएको थियो । तर त्यसको फाइदा चिलीले उठाउन सकेन ।
ब्राजिलले पेरुसँग सेमिफाइनल खेल्नेछ । शनिबार नै पहिलो क्वार्टरफाइनलमा पाराग्बेलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै अन्तिम चारमा पुगेको थियो ।
निर्धारित समय ३–३ को बराबरीपछि टाइब्रेकरमा पेरुले बाजी मारेको थियो । दुवै टोलीले १० खेलाडीमा सिमित हुँदै खेलको अन्त्य गरेका थिए । कोपामा आइतबार उरुग्वे र कोलम्बिाया तथा अर्जेन्टिना र इक्वेडरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतिकृया