दमक। सामाजिक कार्यमा सक्रिय रहेको सुन्दर समाज नेपालले इलामको चुलाचुली गाउँपालिका–३ स्थित सूर्योदय आधारभूत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको छ।
समाजकी अध्यक्ष बिन्दु सिटौला लक्की, रुपा सेलिङ, जमुना शेर्मा , गंगा ढकाल, मनु साम्पाङ, विमला जोशी, पुनम सुब्बा, अनु ताजपुरीया, झरना लक्सम र कुसुम ढुंगेल लगायत पुगेका समाजका पदाधिकारी र सदस्यहरुले त्यहाका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको अध्यक्ष सिटौलाले जानकारी दिनुभयो । समाजले सो विद्यालयका ३० विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।
समाजकी अध्यक्ष सिटौलाले आँफुहरुको सामाजिक कार्यको अभियान जारि रहेको बताउनु भएको छ। उहाँले सानो सहयोगले पनि बालबालिकाको मुहारमा खुशी भर्न पाउँदा समाजको अभियानलाई अझ फराकिलो बनाउँदै लैजान हौशला मिलेको प्रतिक्रिया दिनुभयो । उहाँले सामाजिक कार्यले मानिसलाई समाजप्रति उत्तरदायी र जिम्मेबार बनाउने पनि बताउनुभयो ।
यसअघि समाजले दमक–७ स्थित नमुना बस्तीका बालबालिका र केही ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको थियो भने दमक–५ को दिपीनी आधारभुत विद्यालय, कमल-६ को पञ्चकन्या प्राथमिक विद्यालयका विद्यार्थीहरुलाई पनि न्यानो कपडा वितरण गरेको थियो। समाजले सामाजिक कार्यमा निक्कै ठुलो लगानी गर्दै आएको छ।
प्रतिकृया