शरणामती। झापाको झापा गाउँपालिका ६ शरणामतीमा जारी प्रदेश १ स्तरीय तेस्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको आइतबार सम्पन्न खेलमा जित हात पार्दै दमक नगरपालिका सेमिफाइनलमा प्रबेश गरेको छ। दमकले अरुण गाउँपालिका भोजपुरलाई २५-१४, २५-२१ र २५-२३ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो । सो खेलमा दमकका कप्तान मुस्कान खुदाङ लिम्बू म्यान अफ द म्याच घोषित भए। अरुणले यसअघि गत वर्षको उपविजेता आमचोकलाई पराजित गर्दै दमकसँगको भेट पक्का गरेको थियोे । अब दमकले फाईनल प्रबेशका लागि सोमबार उपाधि दाबेदार विर्तामोड नगरपालिकासँग प्रतिस्पर्धा गर्नेछ । विर्तामोडले आइतबार सम्पन्न पहिलो क्वाटरफाइनल खेलमा भद्रपुरमाथी कठिन जित हात पार्दै सेमिफाइनल यात्रा तय गरेको थियोे । २२ गतेसम्म चल्ने सो प्रतियोगिताको विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ तथा उपविजेताले नगद १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने खेल संयोजक खगेन्द्र कुमार घिमिरेले जानकारी दिनुभयो । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो । प्रतियोगिताको Khelkudtimes ले प्रत्यक्ष प्रशारण गरिरहेको छ।
प्रतिकृया