दमक। झापाको दमकमा बिहीबारबाट शुरु हुने ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत महिला भलिबलको प्रदेश एकको छनोट खेलको उद्घाटन खेलमा झापा र सोलुखुम्बु भिड्ने भएका छन् ।
प्रदेश एकका उपाधि दाबेदार टोलीबीचको खेल दमक–७ स्थित पशुहाटमा हुनेछ । यद्यपी उद्घाटन समारोह अघि पहिलो खेलमा भने संखुवासभा र पाँचथर बिहान ८ः३० बजे आमनेसामने हुनेछन् ।
त्यस्तै दोश्रो खेलमा ९ः३० बजे इलाम र तेह्रथुम आमनेसामने हुँदा कमल गाउँपालिकाको पाडाजुँगीमा ओखलढुंगा र धनकुटाबीच प्रतिस्पर्धा हुनेछ । त्यस्तै १०ः३० बजे पाडाजुँगीमै खोटाङ्ग र ताप्लेजुङ्ग आमनेसामने हुनेछन् ।
त्यसपछि उद्घाटन समारोह एक बजे दमकमा शुरुहुनेछ । बिहीबारको अन्तिम खेलमा सुनसरी र उदयपूरबीच दिउँसो २ बजे दमकमै प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताका लागि प्रदेश एकका १४ जिल्लाकै टिमहरु बुधबार नै दमक आइपुगेका छन् ।
प्रतियोगिताको टाईसिट दमक एक स्थित होटल डि टाउनमा सबै टिमका प्रशिक्षक, टिम व्यवस्थापक, टिम क्याप्टेन लगायतको उपस्थितिमा तयार पारिएको थियो ।
बिहीबार बिहान ७ः३० बजे खेलाडीहरुले दमक नगरपालिकाबाट पार्चपास गर्दै खेल स्थल सम्म जाने कार्यतालिका रहेको खेल संयोजक जयकुमार श्रेष्ठले जानकारी दिनुभयो । दमकमा हुने सबै खेलको खेलकुद टाइम्सले प्रत्यक्ष प्रशारण गर्नेछ ।
प्रतिकृया