काठमाडौं। पछिल्लो २४ घण्टामा थप २ सय ५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९ सय २१ जनाको परीक्षणमा २ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार एक हजार ४ सय ५८ जनाको पीसीआर परीक्षण गर्दा एक सय ४३ जना र २ हजार ४ सय ६३ जनाको एन्टिजेन परीक्षण गर्दा एक सय ४४ जनामा संक्रमण देखिएको छ । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ३ हजार एक सय ४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २ सय ३२ जना संक्रमणमुक्त भएका छन् । जसमध्ये २ हजार ९ सय ९१ जना होम आइसोलेसनमा रहेका छन् भने एक सय ५५ जना संस्थागत आइसोलेसन र ४० जना आईसीयूमा छन् । यस्तै ५ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
प्रतिकृया