झापा। एक सय दुई रनको झिनो लक्ष्य लिएर ब्याटिङ्गमा उत्रिएको नेपालले मात्र ९४ रन जोडेपछि केन्याले चौथो ट्वान्टी–ट्वान्टी खेल ७ रनले जितेको छ ।
घरेलु टोलीले नैरोबीमा भएको खेलमा नेपाली ब्याटरहरुलाई सस्तैमा पेवेलियन फर्काएपछि जित पक्का गरेको हो । नेपालले ९ विकेट गुमाएर मात्र ९४ रन जोड्न सक्यो ।
नेपालका रोहित कुमार पौडेलले ४७ रन जोड्न बाहेक अन्य कुनैपनि ब्याटरले दोहोरो अंकको रन जोड्न सकेनन् । यसअघि नेपाली स्पीनर कप्तान संन्दीप लामिछानेले ४ ओभरमा ९ रन खर्चेर ५ विकेट लिएपछि केन्याले २० ओभरमा सबै विकेट गुमाएर एक सय एक रन मात्र बनाउन सकेको थियो ।
आजको खेलमा नेपालले जित हात पारेको भए पाँच खेलको श्रृंखला एक खेल अगावै नेपालले आफ्नो पक्षमा पार्ने थियो । तर यो हारसँगै खेल दुई दुईको स्थितिमा पुगेको छ । अन्तिम खेल भोलि हुनेछ ।
प्रतिकृया