दमक। झापाको दमकमा आयोजित प्रथम दमक कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लबले विजयी शुरुवात गरेको छ।
उसले अर्को विभागीय टोली शसस्त्र प्रहरी बलको एपिएफ क्लबमाथि २५-१६,२५-१८ र २५-१७ को सोझो सेटमा जित निकाल्दै विजयी शुरुवात गरेको हो। नेपाल पुलिसले अब समुह चरणको अन्तिम खेलमा प्रदेश १ सँग प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै आज हुने दोश्रो खेलमा सेनाको त्रिभुवन आर्मी क्लब र न्यु डायमण्ड स्पोर्टस एकेडेमी आमनेसामने हुनेछन्। सो खेल दिउँसो ३ बजेदेखि शुरु हुने खेल संयोजक तेजु धिमालले जानकारी दिनुभयो ।
ती विभागिय टोलीसहित ६ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेताले नगद दुई लाख र उपविजेताले नगद एक लाख प्राप्त गर्ने छन्। त्यस्तै तेश्रो हुने टिमले नगद पचास हजार प्राप्त गर्नेछ । प्रतियोगिताको आयोजना दमक नगर खेलकुद विकास समितिले गरेको हो।
प्रतिकृया