झापा । झापाको भद्रपुर नगरपालिका-१ लाहुरे चौकका ३४ बर्षीय अमर बहादुर तामाङले चक्कु प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।
आज बिहान साढे ५ बजे तामाङले मोबायल बिगारेको बिषयमा ३४ बर्षीय अनिता लिम्बुलाई घाटी तथा शरीरमा चक्कु प्रहार गरि घरमा हत्या गरेका थिए ।
चक्कु प्रहार गर्ने तामाङलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापामा लगिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया