काठमाडौं। काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारीका साधनमा आजदेखि जोर विजोर प्रणाली लागू भएको छ। कोरोना भाइरसको संक्रमण रोकथामका लागि उपत्यकाका तीनवटै जिल्ला प्रशासन कार्यालयले सार्वजनिक र निजी सवारीसाधनमा जोर विजोर प्रणाली लागू गरेका हुन् ।
जोर गते जोर नम्बर प्लेटका गाडी गुड्नेछन् भने विजोर गते विजोर नम्बर प्लेटका गाडी मात्रै चलाउन पाइनेछ । सरकारले अत्यावश्यक सेवा घोषणा गरेको क्षेत्रका सवारी साधनमा भने जोर विजोर प्रणाली लागू हुने छैन ।
औषधि एवं स्वास्थ्य सामग्री बोकेका सवारी साधन, एम्बुलेन्स, दमकल, शववाहन, ग्यास, पेट्रोलियम पदार्थ, निर्माण सामग्री बोक्ने सवारीसाधनमा निर्वाध रूपमा गुड्न पाउने छन् ।
खाद्यान्न, दुग्धजन्य पदार्थ, फलफूल, तरकारी, अण्डा, माछामासु, पशुपन्छीका दाना एवं कृषि तथा पशुजन्य सामग्री बोक्ने सवारी साधनहरू चालक र सहचालक मात्रै बसेर सञ्चालन गर्न पाइने छ ।
परिचयपत्रको आधारमा सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सार्वजनिक संस्थानका कर्मचारीहरूले आफ्नो सवारी साधन सञ्चालन गर्न पाउने छन् ।
यस्तै बैंक, बीमा, वित्तीय संस्था, वायुसेवा, कम्पनीका कर्मचारीले प्रयोग गर्ने सवारी साधनमा पनि जोर विजोर लागू हुने छैन ।
प्रतिकृया