दमक। इलामको चुलाचुली-६ कुुईनेटारमा सम्पन्न दोश्रो कुईनेटार कप प्रदेश एक स्तरीय अन्तर पालिका भलिबल प्रतियोगिताको उपाधि मोरङको बेलबारी नगरपालिकाले हात पारेको छ।
उसले उपाधि दाबेदार मोरङको उर्लाबारी नगरपालिकालाई २५-१९ र २६-२४ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । जितसँगै उसले नगद ३० हजार हात पारेको छ । त्यस्तै उपविजेता उर्लाबारीले नगद २० हजार प्राप्त गर्यो ।
फाइनल खेलको म्यान अफ दी म्याच उर्लाबारीका सुसन धिमाल भए भने बेस्ट सेटरको उपाधि उर्लाबारीकै सुसन राईले हात पारे । बेस्ट स्पाइकरको उपाधि बेलबारीका प्रकाश राउतले हात पारे ।
प्रतियोगितामा प्रदेश एकका १० पालिकाको सहभागिता रहेको थियो । प्रतियोगिताको आयोजना कुइनेटार पर्यटक खेलकुद समिति तथा तोरीबारी श्रृजनशील युवा क्लबले संयुक्त रूपमा गरेका थिए ।
प्रतिकृया