दमक। इलामको चुलाचुली-६ कुइनेटारमा शुक्रबारदेखि शुरु हुने दोश्रो कुइनेटार कप अन्तर पालिका भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ। प्रतियोगितामा झापा, इलाम र मोरङका गरी दश टिमको सहभागिता रहेको आयोजकले जनाएको छ।
दुई दिन सम्म चल्ने सो प्रतियोगितामा बेलबारी नगरपालिका, बाह्रदशी गाउँपालिका, विर्तामोड नगरपालिका, कमल गाउँपालिका, लेटाङ नगरपालिका, चुलाचुली गाउँपालिका, भद्रपुर नगरपालिका र उर्लाबारी नगरपालिकाको सहभागिता रहेको छ।
प्रतियोगिताको उद्घाटन खेलमा मोरङको बेलबारी नगरपालिका र झापाको बाह्रदशी गाउँपालिका आमनेसामने हुनेछन्। सो प्रतियोगिताको विजेताले नगद तीस हजार र उपविजेताले नगद बीस हजार रूपैयाँ प्राप्त गर्ने छन्।
प्रतिकृया