दमकले सोमबार समुह ए को अन्तिम खेलमा उपाधि दाबेदार भोजपुरको आमचोक गाउँपालिकालाई र समुह बी को खेलमा झापाले मोरङ्गको बेलबारी नगरपालिकालाई पराजित गर्दै समुह बिजेता बनेका हुन् ।
तीन राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको दमकले आमकोचमाथी सोझो सेटमा जित हात पारेको थियो । उसले आमचोकलाई २५–२१, २५–२२ र २५–२३ को सोझो सेटमा पराजित गरेको थियो ।
दमककातर्फबाट राष्ट्रिय खेलाडी धनबहादुर भट्ट, हरिहजुर थापा र हरिबहादुर अधिकारीले सहभागिता जनाएका छन् । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका धनबहादुर भट्ट म्यान अफ दी म्याच घोषित भए ।
त्यस्तै झापाले बेलबारी नगरपालिकालाई २५–२२, २५–२२ र २५–१३ को सोझो सेटमा पराजित गरेको थियो । सो खेलमा उत्कृष्ट प्रदर्शन गरेका रोहित शिवाकोटी म्यान अफ दी म्याच घोषित भए । अब फाईनल प्रबेशका लागि दमकले समुह बी को उप–विजेता बेलबारीसँग मंगलबार पहिलो खेलमा प्रतिस्पर्धा गर्नेछ भने झापाले समुह ए को उप–विजेता आमचोकसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रदेश १ का ६ पालिकाको सहभागिता रहेको सो प्रतियोगितामा प्रत्येक पालिकाले तीन जना राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी सहभागी गराउन पाउने छन् । प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उप–विजेताले नगद एकाउन्न हजार हात पार्नेछ । प्रतियोगिताको आयोजना सुरुङ्गा जेसीजले गरेको हो ।
प्रतिकृया