दमक। झापाको सुरुङ्गामा आजदेखि शुरू भएको प्रदेश १ स्तरीय अन्तर पालिका भलिबल प्रतियोगितामा दमक नगरपालिका र बेलबारी नगरपालिकाले विजयी शुरुवात गरेका छन्।
तीन राष्ट्रिय खेलाडी सहित मैदान उत्रिएको दमकले कनकाई नगरपालिका माथि सोझो सेटमा जित हासिल गरेको हो। दमकले कनकाईलाई २५-११,२५-१७ र २५-२० ले पाखा लगाउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको हो । सो खेलको म्यान अफ दि म्याच दमकका ज्योति प्रकाश लावती भए ।
त्यस्तै दोश्रो खेलमा बेलबारी नगरपालिकाले भद्रपुर नगरपालिकालाई पराजित गर्दै विजयी शुरुवात गरेको छ। समुह ख मा रहेको बेलबारीले भद्रपुर माथि संघर्षपूर्ण जित हासिल गरेको थियो।
पहिलो र दोश्रो सेट २५-१८ र २८-२६ ले जितेको उसले तेश्रो र चौथौ सेट भने गुमाएको थियो। तेश्रो सेट २५-२० ले गुमाएको बेलबारीले चौथौ सेट २५-१९ ले गुमाएको थियो। तर पाँचौं तथा अन्तिम सेटमा भद्रपुर माथि १५-१० को जित निकाल्दै बेलबारीले प्रतियोगितामा विजय शुरुवात गरेको हो । सो खेलको म्यान अफ दि म्याच बेलबारीका प्रकाश राउत भए ।
आइतबार पहिलो खेलमा उपाधि दाबेदार आमचोक गाउँपालिका भोजपुर र कनकाई नगरपालिका तथा दोश्रो खेलमा झापा गाउँपालिका र भद्रपुर नगरपालिका बिच प्रतिस्पर्धा हुनेछ।
प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार एक सय एघार तथा उप-विजेताले नगद एकाउन्न हजार प्राप्त गर्ने छ ।
प्रतियोगिताको आज एक भव्य कार्यक्रमको आयोजना गरी उद्घाटन गरिएको थियो। प्रतियोगिता सुरुङ्गा जेसिजले आयोजना गरेको हो।
प्रतिकृया