
झापाको झापा गाउँपालिका-६ शरणामतीमा शनिबार सम्पन्न खेलमा भोजपुरको आमचोक गाउँपालिकालाई २५–२२, २५–२३, २१–२५ र २५–१५ ले पराजित गर्दै झापा गाँउपालिकाले उपाधि जितेको हो । जितसँगै उपाधि विजेता झापाले नगद १ लाख ५१ हजार रुपैयाँ हात पार्यो। आमचोकले १ लाख रुपैयाँ प्राप्त गर्यो ।
प्रतियोगितामा आयोजक झापाका सागर किरण भट्टराई उत्कृष्ट सेटर, आमचोकका रोमन बस्नेत उत्कृष्ट स्पाइकर, आयोजकका रोशन शिवाकोटी उत्कृष्ट सर्भर र आयोजककै गणेश कट्वालले उत्कृष्ट डिफेन्सको उपाधि हात पारे । त्यस्तै झापाका अनिष गणेश उदीयमान खेलाडी चुनिए ।
उनीहरूले समान ५ हजार ५ सय रुपैयाँ प्राप्त गरे । फाइनलका म्यान अफ दी म्याच आमचोकका रोमन बस्नेतले १ हजार रुपैयाँ प्राप्त गरे ।
प्रतियोगितामा आयोजक झापाका रोहित शिवाकोटीले सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्लकरको उपाधि जिते । उनले १६ हजार ५ सय प्राप्त गरे । जनता माविको मैदानमा भएको प्रतियोगितामा प्रदेश १ का १६ टोलीको सहभागिता थियो ।
प्रतिकृया