शरणामती/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा जारी दोश्रो अध्यक्ष कप भलिबल प्रतियोगिताको उपाधि भिडन्त आज हुदैछ। उपाधिका लागि आयोजक झापा गाउँपालिका र आमचोक गाउँपालिका भोजपुर भिड्दै छन् ।
आयोजक झापाले उपाधि दाबेदार विर्तामोड नगरपालिकालाई पराजित गर्दै आमचोकसँगको भेट पक्का गरेको हो।
झापाले अन्तिम सेमिफाइलनमा विर्तामोडलाई सोझो सेटमा पराजित गरेको थियो । उसले विर्तामोडमाथी २५–१९, २५–१७ र २५–१८ को सोझो सेटमा जित हात पारेको थियो।
आमचोक भने सेमिफाइनलमा दमकले नखेल्ने जनाएपछि सिधै फाइनल प्रबेश गरेको थियो ।
दमक डिफेण्डिङ्ग च्याम्पियन समेत रहेको थियो । प्रतियोगिताको विजेताले नगद एक लाख एकाउन्न हजार तथा उप–विजेताले नगद एक लाख हात पार्नेछन् ।
जनता माविको खेल मैदानमा जारी प्रतियोगितामा प्रदेश १ का १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको आयोजना झापा गाउँपालिकाले गरेको हो ।
प्रतिकृया