झापा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज झापाको अध्यक्षमा पत्रकार अमित खम्बूले उम्मेद्वारी दिने भएका छन् ।
मंसीर २५ गते हुने फोनिज झापाको छैठौं अधिवेशनमा अध्यक्ष पदमा आफ्नो उम्मेद्वारी रहने पत्रकार खम्बूले बताएका छन् ।
लामो समयसम्म विभिन्न सञ्चार माध्यममा काम गरिसकेका खम्बूले फोजिन झापालाई थप चलायमान बनाउदै लैजाने बताएका छन् ।
फोनिज झापाको हालसम्म आफ्नो छुट्टै भवन नभएको र जमिनको समेत व्यवस्था नभएकाले आफू अध्यक्षमा निर्वाचित भएलगत्तै भवन निर्माणका लागि जमिन व्यस्थापन गर्ने सहितका महत्वपूर्ण सातवटा कार्ययोजना अघि सारेका छन् ।
फोनिज झापाले स्थापना गरेको डिकमान सुनुवार विरही स्मृति वर्ष उत्कष्ट पुरस्कार र उदयमान पत्रकारिता पुरस्कारको अक्षयकोषको रकम बृद्धि गर्दै दुवै पुरस्कारलाई थप व्यवस्थित बनाउने कार्ययोजना अघि सारेका छन् ।
फोनिजमा आवद्ध पत्रकार सदस्यको स्वास्थ्यलाई मध्यनजर गर्दै स्वास्थ्य उपचार कोष स्थापना गर्ने उनको अर्को महत्वपूर्ण कार्ययोजना गहेको छ ।
यो संगै सदस्यहरुको क्षमता अभिवृद्धका लागि विषयगत तालिम सञ्चालन गर्दै लाने र खोजमुलक समाचार लेखनमा प्राथमिकता दिने उनको घोषणा पत्रमा उल्लेख छ ।
पत्रकार जन्य संघ संगठनहरुसंग सहकार्य गर्दै फोनिजका हरेक गतिविधिलाई चलायमान बनाउने र सदस्यता विस्तारलाई समेत अघि बढाउने उनको घोषणा पत्रमा उल्लेख छ ।
फोनिजमा आवद्ध पत्रकार सदस्यहरुलाई ठूला तथा राष्ट्रिय स्तरका सञ्चार गृहमा आवद्ध गराउन पहल गर्ने र उनीहरुको नेतृत्व विकासका लागि सबैखाले भूमिका निर्वाह गर्ने योजना अघि सारेका छन् ।
प्रतिकृया