काठमाडाैँ । नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले पसेका १४ जना स्थानीय जनप्रतिनिधिको पद रिक्त भएको छ । निर्वाचन आयोगले शुक्रवार सूचना जारी गरी उनीहरुको पद रिक्त भएको जनाएको हो।
माओवादीबाट निर्वाचित १४ जना स्थानीय जनप्रतिनिधि एमाले प्रवेश गरेपछि असार ७ गतेको माओवादी केन्द्रीय कमिटी बैठकले उनीहरुलाई कारवाही गर्ने निर्णय गरेको थियो ।
माओवादीले आयोगलाई दिएको दल त्यागको जानकारीका आधारमा आयोगले सुचना प्रकाशन गरेको हो । एमाले जाँदा पद गुमाउनेमा दुई जना मेयर, पाँच जना उपमेयरसहित गाउँपालिका प्रमुख उप–प्रमुख, वडा अध्यक्षदेखि नगर कार्यपालिका सदस्यहरु रहेका छन् ।
प्रतिकृया