काठमाडौं। राप्रपा अध्यक्ष कमल थापाको प्यानलबाट समेत वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार रहेका विक्रम पाण्डेले राप्रपाको एकता महाधिवेशनमा राजेन्द्र लिङ्देन पक्षमै खुल्ने निर्णय गरेका छन् ।
उनी चुनावी प्रचार अभियानमा दिनभर लिङ्देनसँगै हिँडेका छन्। यसले अध्यक्ष थापालाई नराम्रो झड्का लागेको छ।
राप्रपामा चुनावी प्रक्रिया सुरु हुँदै गर्दा पाण्डेले वक्तव्य नै निकालेर लिङ्देनलाई समर्थन गरेको घोषणा समेत गर्ने भएका छन्।
प्रतिकृया