सौल। व्यवसायी नवराज सिवाकोटीले कोरियाको मानार्थ नागरिकता पाएका छन्। जनसम्पर्क समितिका पूर्व सभापति समेत रहेका भक्तपुर घर भएका सिवाकोटीलाई सौल महानगरपालिकाले मानार्थ नागरिकता प्रदान गरेको हो। बुधबार एक समारोहको आयोजना गरि महानगरले सिवाकोटीलाई सम्मान गरेको हो।
उनलाई सौल महानगरको विभिन्न सामाजिक तथा सांस्कृतिक गतिविधी ,नेपाल र कोरिया बिचको सम्बन्धमा योगदान दिएको भन्दै सम्मान गरेको सिवाकोटीले बताए।
एन आर एन कोरिया लगायत संघ संस्थामा विभिन्न भूमिका मार्फत कोरियाको नेपाली समाजको सामजिक गतिविधिमा सक्रिय छन्।
यस वर्ष मात्र ८ मुलुकका ९ जनाले सौल महानगरको महानार्थ नागरिकको सम्मान पाएका छन्।
प्रतिकृया