काठमाडौं। नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बुधबार रातिदेखि लागु हुनेगरी निगमले पट्रोल, डिजेल, मट्टीतेलको र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँको दरले बढाएको हो ।
नयाँ मुल्य सूची अनुसार पेट्रोलको प्रतिलिटर १२७ डिजेल र मट्टीतेलको ११० रूपैयाँ पुगेको छ । हवाई इन्धन (आन्तरिक उडान) मा प्रतिलिटर २ रुपैयाँले वृद्धि गरी ८२ रुपैयाँ प्रति लिटर र हवाई इन्धन(अन्तर्राष्ट्रिय उडान) मा प्रति किलोलिटर अमेरिकी डलर २० ले वृद्धि गरेर नयाँ बिक्री मूल्य अमेरिकी डलर ७३५ प्रति किलोलिटर कायम गर्ने निगमले निर्णय गरेको छ ।
निगमले यसअघि जेठ २२ मा पनि निगमले पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनकाे मूल्य प्रतिलिटर २ रुपैयाँकाे दरले बढाएकाे थियाे ।
प्रतिकृया