दमक। दुबईमा जारी ट्वान्टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको पाकिस्तान विरुद्धको खेलमा जित निकाल्दै कङ्गारु टोली अष्ट्रेलिया फाइनलमा प्रवेश गरेको छ।
उसले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
पाकिस्तानले प्रस्तुत गरेको एक सय ७७ रनको लक्ष्य अष्ट्रेलियाले खेल सकिन ६ बल बाँकी छँदै पुरा गरेको थियो। पराजयको नजिक पुगेको उसलाई जित दिलाउन म्यान अफ दि म्याच म्याथ्यु वाडले लगातार तीन छक्कासहित १७ बलमा २ चौका र ४ छक्कासहित ४१ तथा मार्कोस स्टोनिसले ३१ बलमा २ चौका र २ छक्कासहित ३१ रनको अविजित यात्रा तय गरे। अष्ट्रेलियाका लागि ओपनर डेविड वार्नरले सर्बाधिक ४९ रनको योगदान दिए। उनले ३० बलमा ३ चौका र ३ छक्का प्रहार गरेका थिए। जितसँगै अष्ट्रेलियाले न्यूजिल्याण्डसँगको भेट पक्का गरेको छ।
यसअघि गएराती सम्पन्न खेलमा जित हासिल गर्दै न्युजिल्याण्ड फाइनल प्रवेश गरिसकेको छ।
उसले समुह एको शिर्ष टोली इङ्ल्यान्डलाई ५ विकेटले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो। फाइनल खेल आइतबार राती पौने ८ बजे शुरु हुनेछ।
प्रतिकृया